पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १ कस्केरीका ४१ वर्षीय आन्नद साई छन् ।
विशेष सूचनाका आधारमा मंगलबार राति करिब ८ बजे जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको टोलीले साईलाई पक्राउ गरेको हो ।
साईको घरकोठा खानतलासी गर्दा डाइजापाम ४८ एम्पूल, फेनेरागन ४४ एम्पुल, नुर्फिन २० एम्पूल र ब्रुफिनर्फिन २१ गरी जम्मा एक सय ३३ एम्पुल लागुऔषध र तीन सय ग्राम गाँजा बरामद भएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
पक्राउ परेका साईलाई जिल्ला अदालतबाट लागुऔषधसम्बन्धी मुद्दामा साद दिन म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको डीएसपी शर्माले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution