गुल्मी । गुल्मीमा स्कुटर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका वडा नं ६ झापकका ३० वर्षीय विनोद बिक र ४० वर्षीय किरणकुमार थापा छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलका अनुसार चन्द्रकोट गाउँपालिका वड नं ७ सिस्नेखोलास्थित मजुवा-रिडी सडक खण्डमा लु१७प १६४४ नम्बरको स्कुटर दुर्घटनामा परेको हो ।
मृतक दुवै सडक छेउमा पल्टिरहेको स्कुटरबाट बाटोदेखि अन्दाजी दुई सय ५० मिटर तल सिस्नेखोलामा खसेका थिए ।
पानीमा दुई जना तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले उनीहरुको उद्दार गरी उपचारका लागि प्रथामिक स्वास्थ्य केन्द्र जोहाङ खैरेनी गुल्मीमा पठाएका थिए ।
उनीहरुलाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको एसपी भुजेलले जानकारी दिए ।
तीव्र गतिका कारण स्कुटर दुर्घटना भएकाे हुन सक्ने प्रहरीकाे अनुमान छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution