मापसे गरी चलाउँदा फेवातालमा खस्यो कार, तीन जना घाइते

पोखरा । पोखराको फेवातालमा बिहीबार बिहान कार खसेको छ ।

पामेबाट लेकसाइतर्फ आउँदै गरेको ग२च ३३९६ नम्बरको कार बिहान २ः३० बजे पोखरा-६ गैरीचौतारास्थति सडकबाट फेवातालमा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ATV NEPAL
Paragliding Pokhara
Pokhara Bungy

सो दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन् ।

चालकले मादक पदार्थ सेवन गरी कार चलाएका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।

फेवातालमा खसेको कारलाई आज बिहान क्रेनको सहायताले निकालिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button