जनताका आकांक्षा पूरा गर्न निर्देशन

पोखरा । गण्डकी प्रदेशका सामाजिक, विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले रिजल्ट आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

बिहीबार मन्त्रालय मातहतको ११ वटै जिल्लाको सामाजिक विकास कार्यालयको कार्यगत प्रगतिको विषयमा जुममार्फत बुझ्दै मन्त्री थापाले कार्यालयका प्रमुखसँगै मन्त्रालयका कर्मचारीलाई रिजल्ट आउने गरि काम गर्न निर्देशन दिएका हुन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

“मन्त्रालय मातहतका सबै निकायले गरेका कामको फेहरिस्त चाहियो, प्रदेश सरकारको कामलाई जनताले अपनत्व गर्ने गरी काम गर्नुस्, वित्तीय र भौतिक प्रगतिले नागरिकलाई लाभ मिल्नुपर्यो”, उनले भने ।

मन्त्री थापाले स्थानीय सरकारसँग समन्वय गर्दै काम गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिए ।

उनले प्रदेशसँग जति अधिकार छ त्यति नै प्रयोग गरी जनताका आकांक्षा पूरा गर्न कर्मचारीलाई निर्देशन दिए ।

“समस्या अवश्य छन् तर त्यसको समाधानको बाटो पनि छ, जति अधिकार छ त्यति नै प्रयोग गरी काम गर्नुस्, जनतालाई सहज हुने बाटोमा आएका समस्यालाई चिर्न म तपाइँहरुको साथमा छु”, उनले भने ।

मन्त्री थापाले बेरुजु नआउने गरी काम गर्ने कुरामा जोड दिए । उनले प्रदेश सरकारको समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका गतिविधिको प्रचारप्रसारमा समेत ध्यान दिन कर्मचारीलाई निर्देशन दिए ।

“काम गरेर मात्रै पनि हुँदैन, भएका भौतिक तथा वित्तिय प्रगतिका बारेमा नागरिकलाई जानकारी हुन पर्यो । प्रचारप्रसारमा समेत ख्याल गरौँ”, उनले भने । उनले पुरानो धारबाट भन्दा पनि नयाँ शैली अपनाएर काम गर्नुपर्ने बताए ।

मन्त्रालयका सचिव राजेन्द्र देव पाण्डेले प्रदेशको महत्वपूर्ण मन्त्रालय सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय भएको र सन्तोषजनक काम हुने गरी अघि बढ्न ११ जिल्लाका सामाजिक विकास कार्यालयका प्रमुखलाई निर्देशन दिए ।

आर्थिक वर्षको छ महिना मात्रै बाँकी भएकाले काम गुुर्नपर्ने आवश्यकतालाई उनले औंल्याए ।

सामाजिक विकास कार्यालयमा देखिएको कर्मचारी अभावको विषयमा छलफल भइरहेको र त्यसको पूर्ति हुने गरि मन्त्रालय अगाडि बढेको उनले बताए ।

उपसचिव तोयानाथ लम्सालले विगत भन्दा वर्तमान अवस्थामा मन्त्रालयको काम अगाडि बढेको उल्लेख गरे ।

स्थानीय तहसँग साझेदारी मोडलमा काम गर्दै अगाडि बढ्न सामाजिक विकास कार्यालयलाई उनले आग्रह गरे।

प्रदेशको ११ वटै जिल्लाका सामाजिक विकास कार्यालयका प्रमुखले भएको कामको वित्तिय एवम् भौतिक प्रगतिका बारेमा जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button