पोखरा पब्लिक स्कुलको ३०औँ वार्षिकोत्सव

पोखरा । पोखरा महानगरपालिका वडा नं १४ स्थित पोखरा पब्लिक स्कुलको ३०औँ वार्षिकोत्सव बिहीबार सम्पन्न भएको छ । वार्षिकोत्सवका अवसरमा विद्यालयले विभिन्न कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रमअन्तर्गत वार्षिकोत्सव, अभिभावक दिवस तथा सम्मान गरिएको थियो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

विद्यालयले २०८० को एसईई परीक्षामा विद्यालयबाट सर्वोत्कृष्ट अङ्क ल्याउन सफल सलिना सुवेदीलाई २५ हजार रुपैयाँ नगद र चाँदीको पदकले सम्मान गरिएको थियो ।

विद्यालयका सहायक प्राचार्य विजय पौडेलका अनुसार द्वितीय भएकी रीतिका थापा तथा तृतीय भएका प्रतीक थापालाई पनि चाँदीको पदकले सम्मान गरिएको थियो । साथै एसईई उत्तीर्ण भएका सबैलाई सम्मान गरिएको थियो ।

यसैगरी कक्षा १२ को परीक्षामा उत्कृष्ट अङ्क ल्याउने अर्चना क्षेत्री, प्रेजु पाठक, मनिष दर्जीसहित ३१ जनालाई सम्मान गरिएको पौडेलले जानकारी दिए । यस्तै वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीलाई सम्मान गरिएको उनले बताए ।

वार्षिकोत्सवको अवसरमा चित्रकला प्रदर्शनी, लोकनृत्य, प्रत्यक्ष गायन, सांस्कृतिक भेषभूषालगायतका कार्यक्रमसमेत समेत रहेको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष वसन्तप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व नेपाली विभाग प्रमुख डा. रामनाथ ओझा, प्याब्सनका केन्द्रीय उपाध्यक्ष वीरबहादुर बुढाथोकी, विद्यालयका संस्थापक प्रिन्सिपल कृष्ण केसी, शिक्षक जीवन परियारलगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button