गजल गुञ्जनमा रमे पोखरेली

  • पोखरा न्यूज
  • २०८१ पौष १२
गजल गुञ्जनमा रमे पोखरेली

पोखरा । अनेसास पोर्चुगल च्याप्टरका महासचिव कवि तथा गलजकार एनबी अञ्जानको अञ्जान एकल साँझमा पोखरेली वाङ्मयप्रेमी रमेका छन् ।

भूपी जयन्तीको अवसरमा गणेशबाबु अधिकारीको रेचा उपन्यास परिचर्चा र शुलभ घिमिरेको गजल गायनसहित सम्पन्न एकल गजल गुञ्जनमा पोखरेली वाङ्मयसेवीले भरपुर मनोरञ्जन लिएका हुन् ।

विविध कार्यक्रमसहित सन्दर्भको चाँजोपाँजो भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) गण्डकी समितिले मिलाएको थियो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ साहित्यकार सरुभक्तले पछिल्लो पुस्ताका प्रतिभाको प्रस्तुतिबाट ग्रहणयोग्य धेरै कुरा सिक्नुपर्ने बताए ।

अतिथि श्रेष्ठले आफू कार्यक्रममा उपस्थित भएर भरपुर आनन्द लिएको बताउँदै स्रष्टाको उज्ज्वल भविष्यको कामनासमेत गरे ।

वरिष्ठ गायिका हरिदेवी कोइरालाले संस्कृति र प्रकृतिको राजधानी पोखरामा साहित्य, कला र संगीतको श्रीवृद्धिमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने धारणा राखिन् ।

कार्यक्रममा अनेसास केन्द्रीय सल्लाहकार सुमलकुमार गुरुङ, पोखरा प्रज्ञा-प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानका अध्यक्ष सुरज पौडेलले कार्यक्रमबारे आफ्नो धारणा राखेका थिए ।

रेजा उपन्यासको पोखरा लोकार्पणसहित शुरु भएको कार्यक्रममा उपन्यासकार गणेशबाबु अधिकारी र असफल गौतमले रेजा उपन्यासमाथि लेखक-पाठक अन्तरक्रियात्मक परिचर्चा गरेका थिए ।

उपन्यासकार गणेशबाबुले पोखराको सेरोफेरोमा अगाडि बढेको उपन्यास सबैले पढिदिन आग्रहसमेत गरे ।

समारोह बीच संस्थाले कार्यक्रम संयोजक प्रज्वल अधिकारी, गजलकार एनबी अञ्जान, उपन्यासकार गणेशबाबु अधिकारी, गायक सुलभ घिमिरे र सहजकर्ता बाबु त्रिपाठीलाई प्रशंसापत्र तथा संस्थाका प्रकाशनसहित आभार व्यक्त गरेको थियो ।

पोखरामा क्रियाशील ४२ वाङ्मयिक संघसंस्थाका प्रमुख, कवि, साहित्यकारको बाक्लो उपस्थिति रहेको कार्यक्रममा उपाध्यक्ष दुर्गा न्यौपानेले सबैलाई स्वागत गरेकी थिइन् ।

कार्यक्रममा पहिलो सत्र गण्डकी महासचिव असफल गौतम र दोस्रो सत्र गजलकार बाबु त्रिपाठीले सहजीकरण गरेका थिए ।

सभाध्यक्ष देवेन्द्र केसी देवुले कार्यक्रम सफल पार्न महत्वपूर्ण भूमिका निभाउने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै समन्वयकारी भूमिकाका लागि कवि अमृत क्षत्रीप्रति आभार व्यक्त गरे ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस