
कैलाली । बाजुराको मार्तडी स्वास्थ्य चौकी चुथीका जनस्वास्थ्य निरीक्षक धर्मराज खत्रीको निधन सवारी दुर्घटनामा परी निधन भएको छ ।
बिहीबार साँझ मोटरसाइल दुर्घटनामा उनको निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढीस्थित सडकमा विपरीत दिशाबाट आएको मोटरसाइकलमा ठोक्किएर बाजुराको बडीमालिका नगरपालिका वडा नं ७ का ३० वर्षीय खत्रीको ज्यान गएका हो ।
दुर्घटनामा मोटरसाइकल चालक शिखर नगरपालिका-११ कि २५ वर्षीया शर्मिला थापा घाइते भएकी छन् ।
उनको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।





