सिद्धार्थ क्लबद्वारा ह्वीलचियर सहयोग

  • पोखरा न्यूज
  • २०८१ पौष १२
सिद्धार्थ क्लबद्वारा ह्वीलचियर सहयोग

पोखरा । सिद्धार्थ क्लब पोखराले लेखा व्यवस्थापन तालिम र ह्वीलचियर सहयोग कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा अडिटर टिकाराम सापकोटाले क्लबका सदस्यलाई लेखा व्यवस्थापनसम्बन्धी तालिम दिएका थिए ।

क्लबका देवेन्द्र पराजुलीले तालिमले सदस्यको क्षमता अभिवृद्धिका साथै संस्थागत लेखा व्यवस्थापन कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले सहयोग गरिएको ह्वीलचियरले फरक क्षमता भएकी महिलाको दैनिक जीवनमा सहजता ल्याउनेमा जोड दिए ।

प्रशिक्षक टिकाराम सापकोटाले तालिमले लेखा व्यवस्थापन प्रक्रियामा सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

तालिममा संस्थाका २७ जना सदस्यले कर र लेखा व्यवस्थापन प्रक्रियासम्बन्धी जानकारी लिए ।

सो अवसरमा विपन्न परिवारकी विगत २० बर्षदेखि हात नचल्ने, उठेर हिडन नसक्ने, फरक क्षमता भएकी ६३ वर्षीया राजकुमारी बर्मालाई सहज जीवन सञ्चालनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ ह्वीलचियर सहयोग गरिएको थियो ।

क्लब सचिव प्रमोद नारायण श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा द्वितीय उपाध्यक्ष नवराजकुमार गोठाजुले स्वागत गरेका थिए ।

 



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस