पोखरा । काठमाडौंबाट नारायणगढ आउँदै गरेको माइक्रोबस पृथ्वीराजमार्गअन्तर्गत धादिङको गल्छीमा दुर्घटना भएको छ ।
सो दुर्घटनामा चालकसहित १२ यात्रु घाइते भएका छन् । धादिङको गल्छी गाउँपालिका वडा नं ७ गल्छीमोडमा बा२ख २८२९ नम्बरको हाइस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी प्रमुख डिल्लीनारायण पाण्डेका अनुसार घाइतेमध्ये सात जना सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।
पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । माइक्रोबस घुम्ती कट्ने बित्तिकै सडककाे भित्तामा ठाेक्किएकाे थियाे । दुर्घटनाबारे अनुसन्धान भइरहेको पाण्डेले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution