पोखरा । पोखरामा भइरहेको २१ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा शुक्रबार ३५ वर्षमाथिको मेन्स सिंगल्समा जितेन्द्र परियार विजयी भएका छन् । पोखरा रंगशाला टेनिस कोर्टमा जितेन्द्रले मदन थापालाई ६-०, ६-० ले पराजित गरे ।
महिला खुलातर्फ स्वस्तिका विष्टले डेचेन छोडेनलाई ६-०, ६-० ले र जेनी खड्काले आहना शेरचनलाई ६-०, ६-० ले पराजित गरे ।
४५ वर्षमाथि मेन्स सिंगल्समा सन्दुक लामाले गोपीबहादुर भट्टराईलाई ६-४, २-६, १२-१० ले हराए । सुपर टाइमा ८-३ को अग्रता जोगाउन नसक्दा पोखरेली खेलाडी गोपी पराजित भए ।
दक्षिण कोरियाका जुजुमान किमले प्रकासश बस्नेतलाई ६-३, ३-६, १०-७ ले हराए । सुनिल श्रेष्ठले देव थापालाई ६-४, ६-३ ले र लाक्पा तेम्बा शेर्पाले मनीष श्रेष्ठलाई ६-१, ६-४ ले हराए ।
मेन्स डबल्सतर्फ निहाल जंगबहादुर थापा र आरभ हाडाको जोडीले पोखराका शाश्वत वज्राचार्य र दर्शिल श्रेष्ठको जोडीलाई ६-२, ६-१ ले तथा प्रदीप खड्का र उगेन शेर्पाको जोडीले विवेक मगर र सन्दीप विकको जोडीलाई ६-१, ६-१ ले ले हराए । नवीन पाइजा र आयुषमान घलेको जोडीले हर्षवर्धन राव र प्रफुल्ल श्रेष्ठको जोडीमाथि जित पाए ।
३५ वर्षमाथिको मेन्स डबल्समा पोखराका राजन पौडेल र शरण गुरुङ, हिमाल शाह र देव क्षेत्री, गगन महर्जन र भीष्म गुरुङ तथा विकास गुरुङ र प्रकाश गुरुङको जोडी दोस्रो चरणमा पुगेका छन् ।
४५ वर्षमाथि मेन्स डबल्समा भीष्मराज पौडेल र रोहित सुनुवारको जोडी तथा केवी लामा र विष्णु बानियाँको जोडी विजयी भएका छन् । ५५ वर्षमाथि मेन्स डबल्समा अनु जोन र विनोद कायस्थको जोडीले इन्द्र गुरुङ र अनिल तुलाचनको जोडीलाई ६-३, २-६, १०-३ ले हराए ।
पोखराका धरमबहादुर लामिछाने र मनु त्रिपाठीको जोडी उत्तम शेर्पा र जित पौडेलको जोडीसँग ६-२, ४-६ र १०-४ ले पराजित भयो । लोक गुरुङ र पदम गुरुङको जोडी सुदर्शन विष्ट र जीवन घिमिरेको जोडीसँग ६-३, ६-३ ले पराजित भयो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution