| फाइल तस्वीर ।
गुल्मी । गुल्मीमा गएराति टिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा पाल्पाको जिल्ला रैनादेवी गाउँपालिका वडा नं १ का २४ वर्षका श्रीराम कुमाल छन् ।
रिडीबाट गिट्टी पुर्तीघाट जाँदै गरेको लु१क ५४०० नम्बरको टिपर सत्यवती गाउँपालिकाको वडा नं २ पाहादीस्थित कालिगण्डकी करिडोरमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलका अनुसार दुर्घटनामा घाइते कुमालको उपचारको लागि अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा परी सल्यान जिल्ला बनगाउँ वडा नं ७ बस्ने २३ वर्षका मोहन जैसी घाइते छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको टिपर सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution