धादिङबाट पोखरा आउँदै गरेको मिनीट्रक बेलचौतारामा दुर्घटना

पोखरा । धादिङबाट पोखरा आउँदै गरेको मिनीट्रक आज बिहान बेलचौतारामा दुर्घटना गरेको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ५ बेलचौतरा ग१ख ४९८४ नम्बरको मिनीट्रक नालामा परेर दुर्घटनामा परेको छ ।

दुर्घटनामा मानवीय क्षति भने नभएकाे प्रहरीले जनाएकाे छ ।

धादिङबाट कोदो लिएर पोखरा आउँदै गरेको ट्रक अनियन्त्रित भइ दुर्घटना भएको तनहुँ प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button