देशभर मौसम बदली, ठाउँ-ठाउँमा वर्षा तथा हिमपात

पाेखरा। आज देशभरको मौसम बदली भएको छ । पाेखरामा बादल लागेको छ । देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो ।

कतिपय स्थानमा दिउँसोतिर सामान्य वर्षासमेत हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

उनका अनुसार हिजो साँझ पश्चिम नेपालबाट बदली सुरू भई आज अधिकांश क्षेत्रमा फैलिएको हो ।

सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षासमेत भइरहेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।

सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात पनि भइरहेको छ ।

यसैबीच सुदूरपश्चिम प्रदेशका धेरै स्थान साथै कर्णाली र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

साथै सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा साथै गण्डकी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

यस्तै बिहानको समयमा तराई तथा उपत्यका थोरै स्थानमा हुस्सु/कुहिरोको सम्भावना छ ।

यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button