
पोखरा । सहरी भीडभाड र कोलाहालबाट अलिक टाढा छ वेगवान बेगनास ताल ।
कास्कीको पोखरामै भए पनि निकै भीड हुने फेवा ताल भन्दा केही किलोमिटर वर रहेको बेगनास ताल मुख्य सहरबाट बाहिर भए पनि मानिसहरु यहाँ पुग्ने गरेका छन् ।
पोखरा भ्रमणका लागि पुग्ने आन्तरिक तथा वाह्य पर्यटकको घुम्न पर्ने स्थानको सूचीमा यो ताल पर्ने गरेको छ ।
निश्चल र निश्छल तालमा डुंगा चलाउनका साथै माछा मार्न र चारो खुवाउनका लागि मानिस आउने गर्छन् ।
अझ ताल वरिपरि रहेका हरिया जंगल र ती रुखलाई स्पर्श गर्दै बहने हावाले जो कसैलाई पनि तरंगित बनाउनु स्वभाविक नै हो ।







