तमु ल्होछार शुभकामना दौडमा ताङतिङ दूधपोखरी समाज प्रथम

  • पोखरा न्यूज
  • २०८१ पौष १४
तमु ल्होछार शुभकामना दौडमा ताङतिङ दूधपोखरी समाज प्रथम

पोखरा । तमु धिं नेपालले मुह्री ल्हो(गिद्ध वर्ग)को बिदाई तथा सप्ह्री ल्हो(सर्प वर्ग) आगमनको अवसरमा तमु ल्होछार अन्तर समाज शुभकामना सडक दौड प्रतियोगिता आयोजना गर्यो । प्रतियोगिता तमु धिं नेपाल केन्द्रीय युवा समितिले संयोजन गरेको थियो ।

प्रतियोगितामा ताङतिङ दूधपोखरी तमु समाज प्रथम भएको छ । विजेता ताङतिङले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो ।

यसैगरी दोस्रो भएको चिउली पाचे तमु समाजले १५ हजार र तेस्रो भएको नौलो सम्झना तमु समाज १० हजार रुपैया नगद पुरस्कार हात पार्न सफल भयो ।

साथै १० किमी खुला दौडमा सोनम गुरुङ प्रथम, सायल गुरुङ र सुजन गुरुङ दोस्रो, रामकुमार गुरुङ र केभिन गुरुङ तेस्रो र दिलप्रसाद गुरुङ चौथो हुँदै क्रमशः १५, १०, सात र तीन हजार रुपैया नगद पुरस्कार प्राप्त गर्यो ।

यस्तैगरी पाँच किमी महिला दौडमा अनिता गुरुङ प्रथम, बियन्का गुरुङ दोस्रो, सरस्वती गुरुङ तेस्रो र अरुणा गुरुङ चौथो हुँदै क्रमशः सात, पाँच, तीन र दुई हजार रुपैयाँ नगदले पुरस्कृत भएका छन् ।

पाँच किमी भेट्रान्सतर्फ भने क्याप्टेन भक्तराज गुरुङ प्रथम, भीमसेन गुरुङ दोस्रो, दिलिप गुरुङ तेस्रो र दिलु गुरुङ चौथो हुँदै क्रमशः सात, पाँच, तीन र दुई हजार रुपैयाँ नगदले पुरस्कृत भए ।

दौडमा १४ देखि ८० बर्षका धावकको सहभागिता रहेको प्रतियोगिता संयोजक चोकबहादुर गुरुङले जानकारी दिए ।

कार्यक्रमका गण्डकी प्रदेससभा सदस्य सरस्वती गुरुङले दौड संस्कृतिले पर्वलाई उमंगित, धावक स्वस्थ बनाउनुका साथै पोखरालाई खेल र संस्कृतिको शहरको रुपमा विकास गर्ने सहयोग पुग्ने बताइन् ।

तमु धिं नेपालका कार्यवाहक अध्यक्ष सुमे श्रीप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष गीमाया गुरुङले स्वागत र केन्द्रीय युवा समिति अध्यक्ष रमेश गुरुङले संचालन गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस