कालीकोट केन्द्रविन्दु भएर गयो भूकम्प, स्थानीय त्रसित

  • पोखरा न्यूज
  • २०८१ पौष १४
कालीकोट केन्द्रविन्दु भएर गयो भूकम्प, स्थानीय त्रसित

| प्रतीकात्मक तस्बिर

पोखरा । कालीकोट जिल्लाको ओडानकु केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।

बिहान ५ बजेर ९ मिनेट जाँदा ३दशमलव६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

गत पुस ११ गते पनि जाजरकोटमा ४दशमलव२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

पश्चिम नेपालमा लगातार भूकम्प जान थालेपछि स्थानीय त्रसित हुँदै आएका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस