पोखरा । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ ।
मूल्य घटेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ५० हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुन तोला एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
पोखरा बजारमा भने आज सुनको भाउ एक लाख ५० हजार सात सय रुपैयाँ रहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य तोलामा एक हजार सात सय ९० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदीको मूल्य तोलामा एक हजार आठ सय १५ रुपैयाँ रहेको थियो ।
पोखरामा आज चाँदी एक हजार आठ सय २० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution