साताको पहिलो दिनमै घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

पोखरा । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ ।

मूल्य घटेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ५० हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

शुक्रबार सुन तोला एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

पोखरा बजारमा भने आज सुनको भाउ एक लाख ५० हजार सात सय रुपैयाँ रहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य तोलामा एक हजार सात सय ९० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदीको मूल्य तोलामा एक हजार आठ सय १५ रुपैयाँ रहेको थियो ।

पोखरामा आज चाँदी एक हजार आठ सय २० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button