पाेखरा । दक्षिण कोरियामा आज बिहान भयानक विमान दुर्घटना भएको छ । कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार साे दुर्घटनामा एक सय ७९ जनाकाे मृत्यु भएको बताइएकाे छ ।
विमानमा एक सय ८१ यात्रु रहेकाे शंका गरिएको छ ।
अहिलेसम्म ८५ जनाको शव फेला परेको जनाइएको छ । दुइ जनाको जीवितै उद्दार भएको छ । अन्य ९४ जनाको उद्दार प्रयास भइरहेको जनाइएको छ ।
विमान धावनमार्गबाट बाहिर निस्केको र देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किन पुगेको थियो ।
समाचार अनुसार एक सय ७५ यात्रु र छ जना उडान परिचर बोकेको जेजु एयरको विमान थाइल्याण्डबाट फर्किएको थियो । विमान अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ । उद्दार कार्य जारी रहेको जनाउँदै सो समाचार एजेन्सीले पूर्ण विवरण नआइसेको जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution