कांग्रेसको सय दिने विशेष अभियानलाई प्रभावकारी बनाइने

  • पोखरा न्यूज
  • २०८१ पौष १४
कांग्रेसको सय दिने विशेष अभियानलाई प्रभावकारी बनाइने

पोखर । पोखरा महानगरपालिका वडा नं ३३ मा नेपाली कांग्रेसको सय दिने विशेष अभियानलाई प्रभावकारी बनाइने भएको छ ।

नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं ३३ वडा कार्यसमिति, क्षेत्रीय प्रतिनिधि र अभियानमा खटिएका प्रतिनिधिको संयुक्त बैठकले जनस्तरमा पुग्ने गरी अभियान व्यवस्थित र प्रभावकारी बनाउने निर्णय गरेको हो ।

सो वडाका लागि नेपाली कांग्रेस कास्कीले पार्टीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलको संयोजकत्वमा नेपाली कांग्रेस क्षेत्र नं ३(क) का सचिव प्रकाशचन्द्र सापकोटा र पूर्वक्षेत्रीय सचिव प्रेमबहादुर श्रेष्ठ सदस्य रहेको प्रतिनिधि टोली खटाएको छ ।

बैंठकले वडाका विभिन्न पाँच स्थानमा बेग्लाबेग्लै कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

क्षेत्र, पालिका र वडास्तरमा अभियान केन्द्रीत बनेको छ, सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले भने, ’अभियानले पार्टीलाई थप शशक्त बनाउने र जनताको साथमा रहेको भरोसा दिलाउने विश्वास छ ।’

प्रतिनिधि टोली सदस्य प्रकाशचन्द्र सापकोटाले अभियानमा क्रममा संचालन गर्नुपर्ने विषय बारे जानकारी गराएका थिए ।

नेपाली कांग्रेस वडा कार्यसमिति पोखरा-३३ का सभापति तिलक अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा क्षेत्र नं २ सभापति केशर प्रसाद निर्दाेषी, जिल्ला सदस्य भोजराज आचार्य, वडाध्यक्ष रामचन्द्र अधिकारी र हरिराम पौडेलले बोलेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस