पोखरामा न्यू ईयर इभः चर्चित पाँच कलाकारले तताउने

  • पोखरा न्यूज
  • २०८१ पौष १४
पोखरामा न्यू ईयर इभः चर्चित पाँच कलाकारले तताउने

पोखरा । पोखरामा जारी सडक महोत्सवअन्तर्गत न्यू इयर इभमा पाँच चर्चित कलाकार र उनीहरुका ब्याण्डले प्रस्तुति दिने भएका छन् ।

‘द इण्ड गेम’ नाम दिएर अंग्रेजी नयाँ वर्ष २०२५ लाई स्वागत गर्न लेकसाइडको वसुन्धरा/कोमागाने पार्कमा डिसेम्बर ३१ अर्थात पुस १६ मा कार्यक्रम हुन लागेको हो ।

प्रचार नेपाल र स्पेक्स-१४ को आयोजना र आर्बिटरी इभेन्टससँगको सहकार्यमा उक्त कार्यक्रम हुने भएको हो ।

उक्त कार्यक्रम सडक महोत्सवको समापनको मुख्य आकर्षण बन्ने आयोजकको विश्वास छ ।

‘द इण्ड गेम’ मा सबिन राई एण्ड फेरोह, पूर्ण राई र दाजु-भाइहरु, र्‍यापर डोङ, देवेन्द्र बब्लु एण्ड द फिरन्ती, द इन्फ्लेम ब्यान्डजस्ता चर्चित ब्याण्ड र कलाकारको प्रस्तुति रहने प्रचार नेपालका सञ्चालक आशिष पुरीले जानकारी दिए ।

यो कार्यक्रम सञ्चालन चर्चित पोडकास्ट सञ्चालक सञ्जय सिलवाल गुप्ताले गर्नेछन् ।

स्पेक्स-१४ का सञ्चालक महेश्वरसिंह भण्डारीका अनुसार डिसेम्बर ३१ मा हुने कार्यक्रम अविष्मरणीय बन्नेछ ।

कन्सर्टको टिकट डिजिटल वालेट खल्तीमार्फत खरिद गर्न सकिने उनले जानकारी दिए । खल्तीबाट अग्रिम टिकट लिँदा त्यसको मूल्य सात सय ५० रुपैयाँ पर्नेछ ।

कार्यक्रम स्थलमा टिकटको मूल्य एक हजार रुपैयाँ पर्ने आयोजकले जनाएको छ ।

कन्सर्ट स्थलमा नयाँ वर्ष २०२५ को स्वागतमा आतिसबाजीको अवलोकन, खानाका परिकारको स्वाद लिन र खेलकुद गतिविधिमा सहभागी हुन सकिनेछ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस