निस्सासिएर शिवशक्ति फर्निचरमा काम गर्ने पुनारामको मृत्यु

बैतडी । निस्सासिएर बैतडीमा एक मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलालीको कैलारी गाउँपालिका-६ का ३७ वर्षीय पुनाराम थारू रहेको प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

पाटनस्थित शिवशक्ति फर्निचर उद्योगमा काम गर्दै आएका थारू कोइला बालेर कोठामा सुतेका थिए ।

अचेत अवस्थामा फेला परेका उनलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

थारूको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ ।

कोइला बालेर सुतेको हुनाले थारूको निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button