हेमजा साहित्य प्रतिष्ठानसँग हेमजा लियोको सहकार्य

  • पोखरा न्यूज
  • २०८१ पौष १५
हेमजा साहित्य प्रतिष्ठानसँग हेमजा लियोको सहकार्य

पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालको २५५औं शुभप्रभात काव्यमाला लियो क्लब अफ हेमजासँगको सहकार्यमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रज्ञा-प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलले वर्तमान समितिले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेख्य योगदान पुर्‍याएको धारणा राखे ।

प्रतिष्ठानका संस्थापक सचिव कोविदशरण उपाध्यायले वर्तमान कार्यसमिति हिजो केही गर्न सक्दैनन् भन्नेहरुलाई कर्मका माध्यमबाट उत्तर दिन सफल भएको बताए ।

समाजसेवी ऋषिराम पौडेलले प्रतिष्ठानको वर्तमान कार्यसमितिले संस्थालाई आर्थिक भार नपारी स्रोत जुटाएर कार्यक्रम गरेकामा धन्यवाद व्यक्त गरे ।

प्रतिष्ठानका संरक्षक वसन्त बास्तोला चिन्तितले प्रतिष्ठानले रजत वर्षमा साहित्यका साथै समग्र हेमजालाई लिपिबद्ध गर्न सफल भएको बताए ।

शुभप्रभातमा भरतचन्द्र गौतम, डा. अनिल थापा, ऋषिराम पौडेल, विष्णुप्रसाद बाँस्तोला, गंगा त्रिपाठी, आभास दाहाल, वसन्तराज त्रिपाठी, मेनका आचार्य, सुनिल गायक, प्रकाश त्रिपाठीलगायत ले रचनावाचन गरेका थिए ।

हेमजाको विष्णुपादुका माइस्थान मन्दिरको सभाकक्ष सम्पन्न कार्यक्रममा लियो क्लब अफ हेमजाबाट मौलिक भजन र गन्धर्व सारङ्गी प्रशिक्षण पाठशालाका भाइबहिनीले सारङ्गी धुन प्रस्तुत गरेर कार्यक्रममा विविधता थपेका थिए ।

सोही अवसरमा प्रतिष्ठानका गतिविधि सञ्चालन सहजताका लागि भरतचन्द्र गौतम, ऋषिराम पौडेल, वसन्तराज त्रिपाठी, वसन्तराज बाँस्तोला, मेनका आचार्यलगायतले छ हजार छ सय स्वेच्छिक सहयोग गरेका थिए ।

लियो क्लब अफ हेमजाका अध्यक्ष सुशान्त बास्तोलाको स्वागत मन्तव्य रहेको कार्यक्रम प्रतिष्ठानका उपाध्यक्ष सुनिल गायकले सञ्चालन गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलले प्रतिष्ठानलाई यहाँसम्म ल्याई पुर्‍याउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस