|तस्बिर :साजन
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका-५ चाक्ले बगरस्थित भित्री सडकमा आइतबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मनहरीबाट कैलाश गाउँपालिकातर्फ जाँदै गरेको सुपप्र ०१-००१ च २९४६ नं को जीपको ‘ब्रेक फेल’ भई सडकबाट झण्डै चार मिटर तल खस्दा कैलाश गाउँपालिका-३ का ५६ वर्षीय सन्तबहादुर गोम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका गोम्बाको उपचारका क्रममा मनहरि अस्पतालमा मृत्यु भएको हो ।
उक्त जीपमा आठ जना सवार थिए । अन्य यात्रु सकुशल रहेका प्रहरीले जनाएको छ । जीप चालक फरार छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution