पोखरा । पोखरा महानगरपालिका वडा नं १७ स्थित पार्दी माविको ६२औँ वार्षिकोत्सव अभिभावक दिवस, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम आइतबार सम्पन्न भएको छ । उक्त अवसरमा उत्कृष्ट विद्यार्थी, शिक्षक तथा अभिभावकलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य भीम कार्कीले प्रतिस्पर्धी शिक्षा आजको आवश्यकता भएको बताए । उनले संघीय सरकारले ल्याउन लागेको नयाँ शिक्षा नीति समय सापेक्ष हुने विश्वास व्यक्त गरे ।
शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले शिक्षक, विद्यार्थी, अभिभावक र समाजसेवीको सामूहिक प्रयासबाट शिक्षाको गुणस्तर बढाउन सकिने बताए ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत शिवप्रसाद अधिकारीले पोखराका सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर अघिल्लो वर्षका तुलनामा बढेको बताए ।
कार्यक्रममा पोखरा-१७ का कार्यवाहक वडाध्यक्ष विक्रम गुरुङ, ब्रह्माकुमारी अप्सरा, सल्लाहकार एवं पूर्व वडाध्यक्ष तीर्थराज अधिकारी, सहारा क्लब पोखराका अध्यक्ष केशवराज बराल, विद्यालयका पूर्वअध्यक्ष तोयनाथ लम्साल र अभिभावक दुर्गा पंगाली, विद्यार्थी दिलकुमारी पंगालीलगायतले बोलेका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमकुमार ढकालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन तथा कार्ययोजना प्रधानाध्यापक वामदेव पौडेलले प्रस्तुत गरेका थिए । साथै लेखापाल रमानाथ पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहायक प्रधानाध्यापक डोलकुमारी पौडेलले स्वागत र सञ्चालन शिक्षक शंकरराज अधिकारीले गरेका थिए । कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution