यसवर्षकै अन्तिम सोमबारे औंशी मनाइयो, के छ महत्व ?

पोखरा । सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रही आएको छ ।

पौषकृष्ण औँशी आज सोमबार परेको हो । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकांक्षा पूरा हुने शास्त्रीय मान्यता छ । हरेक वर्षमा दुईदेखि तीन पटकसम्म सोमबारे औँशी पर्ने गरेको छ् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सोमबारे औँशी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको पनि उनले बताए ।

औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँशी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीय रुपमा उचित रहेको जनाइएको छ । प्रत्येक महिनामा आउने औँशीलाई पनि विशेष पर्वका रुपमा मनाउने वैदिक सनातनी परम्परा रही आएको छ ।

माता, पिता नहुनेले भने औँशी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउँछन् । यसका लागि पनि सोमबार परेको औँशी विशेष रुपमा मानिने गरिन्छ । आज तीर्थमा स्नान गर्नेको भीड लागेको छ । आजको सोमबारे औँशी यस वर्षको अन्तिम सोमबारे औँशी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button