|फाइल तस्बिर
पोखरा । सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रही आएको छ ।
पौषकृष्ण औँशी आज सोमबार परेको हो । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकांक्षा पूरा हुने शास्त्रीय मान्यता छ । हरेक वर्षमा दुईदेखि तीन पटकसम्म सोमबारे औँशी पर्ने गरेको छ् ।
सोमबारे औँशी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको पनि उनले बताए ।
औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँशी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीय रुपमा उचित रहेको जनाइएको छ । प्रत्येक महिनामा आउने औँशीलाई पनि विशेष पर्वका रुपमा मनाउने वैदिक सनातनी परम्परा रही आएको छ ।
माता, पिता नहुनेले भने औँशी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउँछन् । यसका लागि पनि सोमबार परेको औँशी विशेष रुपमा मानिने गरिन्छ । आज तीर्थमा स्नान गर्नेको भीड लागेको छ । आजको सोमबारे औँशी यस वर्षको अन्तिम सोमबारे औँशी हो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution