ल्होछारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राख्दछ : प्रदेश प्रमुख

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली समाजको विविधता र सांस्कृतिक परम्परा विश्व समुदायका लागि पनि महत्वपूर्ण पुँजी रहेको बताएका छन् ।

तमु ल्होछारको अवसरमा तमु धिँ नेपाल केन्द्रीय कार्यालय पोखराले आयोजना गरेको ल्होछार विशेष पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

प्रदेश प्रमुखले भाषा, संस्कृति, भेषभूषा र संस्कार आआफ्नो जातीय पहिचान र मौलिक सभ्यताका आधार स्तम्भ रहेको बताए ।

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण एक सुन्दर मुलुक हो, यस्ता विविधताको संरक्षण, प्रवर्द्धन र विकास गर्नु राज्यको दायित्व पनि हो’, उनले भने, ‘नेपालका तमु जातिमा नयाँ वर्षको आगमनको खुशियालीस्वरुप विशेष उत्साह र उमङ्गताका साथ मनाइने तमु ल्होछारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राख्दछ ।’

तमुहरूका प्रथम महापुरुषको उत्पत्ति भएको दिन मनाइँदै आएको ल्होछार सांस्कृतिक पर्व रहेको र तमु जातिको सामाजिक, सांस्कृतिक, आर्थिक र धार्मिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व रहेको उनको भनाइ छ ।

‘तमु जातिले सदियौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र संवर्द्धन गर्दै आइरहेका छन्, नेपालको ग्रामीण पर्यटन प्रवर्द्धनमार्फत् आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न तमु समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय छ’, उनले भने,

प्रदेश प्रमुखले थप्, ‘ग्रामीण घरबास अर्थात् होमस्टे अभियानको मुख्य अगुवा तमुहरु नै हुन्, शहर तथा विदेशमा बसाईंसराईंपछि गाउँमा जति बाँकी छन्, उनीहरूले संस्कृति र परम्परा धान्दै अघि बढिरहेका छन्, शहरी क्षेत्रमा पनि समुदायका अगुवाले आफ्नो रीतिथीतिलाई बिर्सिएका छैनन् ।’

ल्होछार र ट्होंटे जस्ता पर्वको मौलिकता जोगाइराख्न मुख्य चुनौती रहेको उनले बताए । उनले भने, ‘यी महत्वपूर्ण पर्वलाई जोगाउने अबको मुख्य जिम्मेवारी युवाको काँधमा छ, ट्होंटेका र्‍यालीमा भाङ्ग्रा र कछाड, घलेक गुन्यूचोली लगाउने किशोरकिशोरी युवा युवती पातालिँदै गएका छन् ।’

प्रदेश प्रमुखले भने, ‘अबको पुस्तालाई आफ्नो संस्कृति र धर्म पुस्तान्तरण गर्नु हाम्रो मुख्य जिम्मेवारी हो, किनभने भाषा, संस्कृति, भेषभूषा र संस्कार आआफ्ना जातीय चिनारी र मौलिक सभ्यताका आधार स्तम्भ हुन्, यस्ता विविधताको संरक्षण र विकास गर्नु हामी सबैकोको दायित्व हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button