पोखरास्थित रत्नश्री जिमका संस्थापक शंकरमान उदासको निधन

  • पोखरा न्यूज
  • २०८१ पौष १५
पोखरास्थित रत्नश्री जिमका संस्थापक शंकरमान उदासको निधन

पोखरा । शारीरिक सुगठनका अन्तराष्ट्रिय निर्णायक पोखरा-३ निवासी वकिलमान तुलाधर (शंकरमान उदास) को ६२ वर्षको उमेरमा निधन भएको छ ।

फोक्सो, कलेजो र अमासयको समस्याबाट ग्रसित उदासको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा सोमबार राति निधन भएको हो ।

उदासले नै पोखरामा जिमको व्यावसायिक शुरुवात गरेका थिए ।

उनले रत्नश्री जिमको नामबाट पोखरा व्यायमशालामा जिमका सामान राखेर व्यवसाय शुरु गरेका थिए ।

उनको तुलसीघाटमा अन्त्येष्टि गरिएको छ । उनका श्रीमतीसहित एक छोरा र एक छोरी छन् ।

उनको निधनप्रति धेरै पोखरेलीले दुःख व्यक्त गरेका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस