ड्रागन बोट रेसमा चीन च्याम्पियन, नेपाल उपाधिविहीन

  • पोखरा न्यूज
  • २०८१ पौष १५
ड्रागन बोट रेसमा चीन च्याम्पियन, नेपाल उपाधिविहीन

पोखरा । पोखराको फेवातालमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेस फेस्टिभल सम्पन्न भएको छ ।

प्रतियोगिताको दुवै विधामा चीनले सफलता हासिल गरेको छ । प्रतिस्पर्धामा नेपाल उपाधिविहीन बन्यो ।

दुई सय र पाँच सय मिटरका दूरीमा भएका फाइनल रेसमा चीनको डोङग्वान लाओयु क्लब टिमले शानदार प्रदर्शन गर्दै दोहोरो उपाधि हासिल गरेको हो ।

फेस्टिभलको फाइनल रेस सोमबार भएको थियो । रेसमा नेपाललाई पराजित गर्दै चीन च्याम्पियन बनेको हो ।

डोङग्वान लाओयु क्लब टिमले दुई सय मिटर र पाँच सय मिटरका दूरीमा क्रमशः ४७.७२० सेकेन्ड र दुई मिनेट ०४.४७ सेकेन्डको समय निकाल्दै उपाधि जितेको हो । योसँगै यस टिमले नगद पुरस्कार रूपमा १० हजार डलर प्राप्त गरेको छ ।

दुई सय मिटरको फाइनल रेसमा चीनकै युनान मिन्जु युनिभर्सिटी टिमले केवल एक सेकेन्डको अन्तरले दोस्रो स्थान हासिल गरेको हो ।

यस टिमले ४८.२२० सेकेन्डमा निर्धारित दूरी पूरा गरेको थियो । तेस्रो स्थानमा रहेको चीनकै लिआओचिङ युनिभर्सिटी टिमले ५०.८३० सेकेन्डमा दूरी पार गरेको हो ।

५ सय मिटरको ड्रागन बोट रेसमा पनि चीनको प्रभाव कायम रह्यो । लिआओचिङ युनिभर्सिटी टिमले २ मिनेट ०७.३४ सेकेन्डमा दूरी पार गर्दै दोस्रो स्थान प्राप्त गरेको हो ।

तेस्रो स्थानमा रहेको युहान युनिभर्सिटी टिमले २ मिनेट ०८.४४ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै उपविजेता बन्न सफल भयो ।

प्रतियोगितामा भाग लिएका अन्य टिम पनि उत्कृष्ट प्रतिस्पर्धा प्रस्तुत गरेका थिए ।

फेस्टिभलमा चीनले आफ्नो दवदवा कायम राख्दै नेपाललाई पछि पारेकाे हाे ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस