आज श्रीगणेशको प्रिय दिन, लाभ र काल बेला परेको छ, राशिफल कस्तो होला ?

आजको पञ्चाङ्ग

मिति २०८१ पुस १६ गते मंगलबार, इस्वीसंवत डिसेम्बर ३१ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषशुक्लपक्षको प्रतिपदा तिथि रातिमा ४ः०३ बजेसम्म त्यसपछि द्धित्तीया तिथि लाग्नेछ । नक्षत्रमा पूर्वाषाढा रातिमा १ः१३ त्यसपछि उत्तरषाढा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा ध्रुव ३३ घटि ५८ पलासम्म त्यसपछि व्याघात लाग्नेछ । करणमा किंष्तुध्न रहनेछ । आनन्दादि योगमा मित्र रहनेछ । सूर्य धनु राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । आज दिनमान २५ घटि ५४ पला अर्थात १० घण्टा २५ मिनेटको रहनेछ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५६ बजे जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः१८ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ७ः२० बजे र अस्ताउने समय साँझमा ५ः३६ बजे रहेको छ । आज तोल ल्होसार पर्व रहेको छ ।

आजको राशिफल

मेष : आज समय खराब छ । धेरै बोल्दा समस्या आउन सक्छ । केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ । परिबन्धले समस्या निम्त्याउने देखिएकाले आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । हिसाब किताबमा पनि विवाद आउन सक्छ । आलोचकलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला । सानोतिनो समस्या आए पनि नियमित काम बन्नेछ । शुभअंक १ र ११, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह ।

वृष : आज पनि समय शुभ छैन । अवसर प्राप्त भए पनि परिस्थितिवश काममा अलमल हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । कमीकमजोरी सुधार्ने मौका आए पनि बेसुरको निर्णयले समस्यामा पुर्याउनेछ । आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । व्यापारमा राम्रै फाइदा हुनेछ । शुभ अंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह ।

मिथुन : आज पनि समय शुभ छ । चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ । तर बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ । परिस्थिति अलि संघर्षपूर्ण रहला । अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजले साथ दिनेछन् । ईश्र्या गर्नेले सताए पनि अन्त्यमा परिस्थितिले आफ्नै पक्ष लिन सक्छ । प्रतिस्पर्धीले हार खानेछन् । आश मारेको नतिजा सकारात्मक हुने देखिन्छ । शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामीराशि बुध ग्रह ।

कर्कट : आज पनि समय राम्रो छ । व्यवसायमा लगानी बढाउनुपरे पनि लागेको मूल्य उठाउन सकिनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ । आकस्मिक खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ । वैदेशिक यात्रा लाभदायक रहनेछ । प्रतीक्षित नतिजाले हौसला जगाउनेछ । तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्न सक्छ । शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह ।

सिंह : आज समय शुभ छैन । अर्थ सङ्कलन तथा आर्थिक अवस्था कमजोर रहने हुँदा विदेश तथा विदेशसँग सम्बन्धित काम रोकिन सक्छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा लामो समयदेखिको सम्बन्ध टुट्न सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला समय मध्यमय रहेको छ । उत्तर दिशाको यात्रामा पनि सावधान हुनुहोला । शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्यमा ग्रह ।

कन्या : आज समय भरपर्दो रहनेछैन । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । टाढिएका आफन्त तथा साथीभाइ नजिकिन सक्छन् । लगनशीलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बनाउन सकिनेछ । तर अरूका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ । शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुधमा ग्रह ।

तुला : आज पनि समय शुभ छ । शुभचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । चिताएका काम विस्तारै भए पनि सम्पादन हुनेछन् । पढाइलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ । आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । शुभअंक ५ र ९, शुभरंग निलो, स्वामीराशि शुक्र ग्रह ।

वृश्चिक : आज पनि दिन खराब छ । परिवार तथा आफन्तजनसँग मनमुटाब बढ्नेछ भने पतिपत्नी तथा बीच अविस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला, दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ । शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह ।

धनु : आज समय शुभ छ । शुभचिन्तकले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । पढाइलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ । आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह ।

मकर : आज समय राम्रो छैन । परिवार तथा आफन्तजनसँग मनमुटाब बढ्नेछ भने पति पत्नी तथा बीच अबिस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला, दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । काममा सतर्क हुनुहोला । शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह ।

कुम्भ : आज समय शुभ छ, सरकारी सम्मान मिल्न सक्नेछ, आफन्तसँग भेटघाट हुने, जग्गा जमिनबाट लाभ पाइने योग छ, खुशीका समाचार प्राप्त हुनेछ, साथीभाइको सहयोगले आँटेका सबै काम सजिलै सम्पन्न हुनेछन् । शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह ।

मीन : आज समय खराब छ । सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने सम्भावना छ, सचेतता अपनाउनु राम्रो हुन्छ । दूरदराजबाट प्रसन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ, यद्यपि आज आर्थिक समस्या हल गर्ने उपाय देखा पर्नेछ ।

साइत : सूर्य धनु राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । त्यसैले आज पूर्वबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, दक्षिण र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः५३ बजेदेखि ८ः११ बजेसम्म रोग बेला
बिहान ८ः११ बजेदेखि ९ः२९ बजेसम्म उद्धेग बेला
बिहान ९ः२९ बजेदेखि १०ः४७ बजेसम्म चर बेला
बिहान १०ः४७ बजेदेखि १२ः०५ बजेसम्म लाभ बेला
दिनमा १२ः०५ बजेदेखि १ः२३ बजेसम्म अमृत बेला
दिनमा १ः२३ बजेदेखि २ः४१ बजेसम्म काल बेला
दिनमा २ः४१ बजेदेखि ३ः५९ बजेसम्म शुभ बेला
दिनमा ३ः५९ बजेदेखि ५ः१७ बजेसम्म रोग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः१७ बजेदेखि ६ः५९ बजेसम्म उद्धेग बेला
साँझ ६ः५९ बजेदेखि ८ः४१ बजेसम्म चर बेला
राति ८ः४१ बजेदेखि १०ः२३ बजेसम्म लाभ बेला
राति १०ः२३ बजेदेखि १२ः०५ बजेसम्म अमृत बेला
राति १२ः०५ बजेदेखि १ः४७ बजेसम्म काल बेला
राति १ः४७ बजेदेखि ३ः२९ बजेसम्म शुभ बेला
रातिमा ३ः२९ बजेदेखि ०५ः११ बजेसम्म रोग बेला
रातिमा ०५ः११ बजेदेखि ६ः५३ बजेसम्म उद्धेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button