
डोटी । डोटीमा भिरबाट लडेर सोमबार एक महिलाको ज्यान गएको छ ।
मृत्यु हुनेमा जोरायल गाउँपालिका वडा नं ३ पातलकी ३९ वर्षीया भूमीसरा खड्का छन् ।
सोमबार बिहान घाँस काट्ने क्रममा भिरबाट लडेकी उनको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रहरीका अनुसार भिरमा घाँस काट्ने क्रममा तल खोलामा खसेकी थिइन् ।
उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





