ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु

  • पोखरा न्यूज
  • २०८१ पौष १६
ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु

पाेखरा। सर्लाहीमा सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ । मृत्यु हुनेमा बरहथवा गाउँपालिका वडा न‌ं ५, राजुचोकका हरिन्द्र महतो र पुरुषोत्तम दास छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार नयाँरोड सडकखण्डमा उखु बोकेको ट्रयाक्टर महताे र दास सवार मोटरसाइकल गएराति एकापसमा ठोक्किँदा दुर्घटना भएको हाे । मृतकमध्ये महताे माेटरसाइकल चालक हुन् ।

बरहथवा नगरपालिका वडा नं ९ शान्तिचोकमा उखु बोकेर हरिवनतर्फ आउँदै गरेको ज१त ९८७६ नम्बरको ट्रयाक्टर र नयाँरोडबाट बरहथवा जाँदै गरेको ज४प ३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको हाे।

महतोको बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा र दासको बयोधा अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न ट्रयाक्टर, चालक र मोटरसाइकललाइ नियन्त्रणमा लिएको अनुसन्धान गरिरहेकाे प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस