पोखरा । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल एक र डिजेलमा दुई रुपैयाँ मूल्य बढाएको हो ।
त्यस्तै आन्तरिक हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर दुई रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनप्रति प्रतिकिलोलिटर १५ डलरले घटाइएको छ ।
अब पेट्रोलको मूल्य काठमाडौँ तथा पोखरामा १६३ रुपैयाँ, सुर्खेत र दाङमा एक सय ६२ रुपैयाँ र बाँकी क्षेत्रमा एक सय ६० रुपैयाँ ५० पैसा कायम भएको छ ।
त्यस्तै, डिजेलको मूल्य काठमाडौँ तथा पोखरामा एक सय ५३ रुपैयाँ, सुर्खेत र दाङमा एक सय २२ रुपैयाँ र बाँकी क्षेत्रमा एक सय ५० रुपैयाँ ५० पैसा कायम भएको छ ।
आन्तरिक हवाई इन्धन प्रतिलिटर एक सय २६ रुपैयाँ तोकिएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनको काठमाडौँमा नौ सय ६०, भैरहवामा सात सय ९३ र भैरहवामा सात सय ७८ अमेरिकी डलर कायम गरिएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution