सर्लाही । सर्लाहीमा बस पल्टिँदा ड्यूटीमा रहेका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा विजयकुमार तुलाधर छन् ।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार गएराति बागमती प्रदेश ०१-००६ख २००४ नम्बरको यात्रु बसले तुलाधरलाई किचेको थियो ।
सो दुर्घटनामा गम्भीर घाइते भएका तुलाधरको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा बाटोमा नै मृत्यु भएको हो ।
घटनास्थलबाट बस चालकसहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
बस तीब्र गतिमा चलाइएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution