यात्रु बस पल्टिँदा सशस्त्र प्रहरी निरीक्षक तुलाधरको मृत्यु

सर्लाही । सर्लाहीमा बस पल्टिँदा ड्यूटीमा रहेका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा विजयकुमार तुलाधर छन् ।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार गएराति बागमती प्रदेश ०१-००६ख २००४ नम्बरको यात्रु बसले तुलाधरलाई किचेको थियो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सो दुर्घटनामा गम्भीर घाइते भएका तुलाधरको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा बाटोमा नै मृत्यु भएको हो ।

घटनास्थलबाट बस चालकसहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

बस तीब्र गतिमा चलाइएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button