
पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं ५ भंगेरी घुम्तीमा आज बिहान टिपर पल्टिएको छ ।
पावरहाउस लेखनाथबाट गिटी बोकेको मध्यपहाडी लोकमार्गतर्फ जाँदै गरेको ग१क ४४६५ नम्बरको टिपर बिहान करिब ८ बजे सडकमै पल्टिएको हो ।
दुर्घटनामा मानवीय क्षति नभएको सामुदायिक प्रहरी कालिकाका प्रहरी वरिष्ठ हवल्दार भीमबहादुर गुरुङले जानकारी दिए ।
कच्ची सडक र घुम्तीका कारण टिपर पल्टिएको हुन सक्ने प्रहरीले आकलन गरेको छ ।





