पोखरा । नेपाली बजारमा आज बुधबार सुन एक लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एकै दिन एक हजार चार सय रुपैयाँ बढेर एक लाख ५१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
पोखरा बजार क्षेत्रमा भने आज एक लाख ५१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीले जनाएको छ ।
यस्तै आज असली चाँदी अघिल्लो दिनकै मूल्यमा स्थिर रही एक हजार सात सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पोखरा बजारमा एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution