पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पोखरा आउने भएका छन् । उनी यही पुस २० गते शनिबार पोखरा आउने भएका हुन् ।
नेपाली कांग्रेस गण्डकी प्रदेशअन्तर्गतको प्रदेश तथा स्थानीय विभागले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा प्रमुख वक्ताका रुपमा सहभागी हुन महामन्त्री थापा पोखरा आउने भएका हुन् ।
सो कार्यक्रममा कांग्रेसबाट निर्वाचित गण्डकी प्रदेश सभाका सदस्य, पार्टीका जिल्ला कार्यसमिति, क्षेत्र, प्रदेश, नगर र गाउँपालिका सभापति, नेपाली कांग्रेसबाट निर्वाचित जिल्ला समन्वय समिति, नगर, गाउँपालिका प्रमुख, उपप्रमुख तथा उपाध्यक्ष सहभागी हुने छन् ।
महामन्त्री थापाले नेपाल मुस्लिम संघ गण्डकी प्रदेशको दाेस्राे महाधिवेशनसमेत उद्घाटन गर्ने कार्यक्रम छ ।
महाधिवेशन उद्घाटन पुस २० गते शनिबार बिहान ११ बजे पोखराको बास्तोलाथरस्थित सिल्भर पार्टी प्यालेसमा हुने संघका गण्डकी प्रदेश सभापति शाह महम्मद मियाले जानकारी दिए ।
कार्यक्रम शनिबार बिहान १०ः३० बजेदेखि न्यूरोडस्थित होटल दीपसागरको हलमा हुने नेपाली कांग्रेस गण्डकी प्रदेशअन्तर्गतको प्रदेश तथा स्थानीय विभाग प्रमुख पूर्ण दाहालले जानकारी दिए ।
नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य तथा कार्यसम्पादन समिति सदस्य अजित क्षेत्रीका अनुसार कार्यक्रमको तयारी तीव्र रुपमा अघि बढाइएको छ । उनले कार्यक्रममा सहभागिताका लागि पार्टीका सबै तहमा पत्राचार गरिएको बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution