पोखरा । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कास्कीको अध्यक्षमा देवीप्रसाद कुइँकेल निर्वाचित भएका छन् । संघको प्रथम जिल्ला अधिवेशनले कुइँकेललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षमा विश्वराज बराल, सचिवमा सूर्यबहादुर थापा, कोषाध्यक्षमा युवराज गुरुङ, सहसचिवमा वीरेन्द्रराज काफ्ले छन् ।
यस्तै कार्यसमिति सदस्यमा जालकुमारी कार्की, तोयनाथ गौतम, सुरथ पौडेल, विराट पौडेल, डम्बर ढकाल, बुद्धिप्रसाद सुवेदी र टुकनारयण पौडेल छन् ।
निर्वाचन समिति संयोजकमा प्रेमप्रसाद पौडेल, जयप्रसाद शर्मा र अरुण गिरी सदस्यमा थिए ।
संघ गण्डकी प्रदेशको हालै सम्पन अधिवेशनले नयाँ कार्यसमिति चयन गरेसँगै जिल्ला समिति विस्तार शुरु गरेको हो ।
संघले गण्डकी प्रदेशका सबै जिल्लाामा माघ महिनासम्ममा समिति विस्तार गर्ने योजना रहेको अध्यक्ष महेशबहादुर थापा गणेशले जानकारी दिए ।
यसअघि कार्यक्रम उद्घाटन नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले यातायात व्यवसायीका हकहितमा पार्टीले केन्द्र, प्रदेश, जिल्ला तहमा आवाज उठाउने बताए ।
यातायात व्यवसायी मर्यादित र अनुशासित हुँदा पार्टीलाई नै फाइदा पुग्ने बताउँदै उनले व्यवसायलाई मर्यादित र अनुशाशित बनाउन लाग्न आग्रह गरे ।
संघका केन्द्रीय सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले यातायात व्यवसायीको समस्या नजिकबाट बुझेको भन्दै व्यवसायीका हकहितको पक्षमा आवज बुलन्द पार्ने स्पष्ट पारे ।
महासंघका केन्द्रीय सचिव भानुभक्त बरालले नेपाली कांग्रेसको नेतृत्वमा सरकार हँुदा मात्रै व्यवसायीका समस्या समाधान हुने गरेको उल्लेख गरे ।
पोखरा १६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले व्यवसायीको समस्या संवोधन गर्न यातायात व्यवसायी एक हुनुपर्ने बताए ।
नेपाली कांग्रेस कास्कीका सहचिव तथा प्रवत्ता नवीन सिग्देलले यातायात व्ययवसायलाई मजवुद र सशक्त बनाउन पार्टी सँगसँगै रहेको बताए ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश अध्यक्ष जीतबहादुर गुरुङ व्यवसायीले वुलन्द रुपमा आवाज उठाउन नसकेसम्म समस्या समाधान हुन नसक्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका स्याङ्जाका महाधिवेशन प्रतिनिधि प्रेमराज पौडेल, नेपाल यातायात मजदुर संघ गण्डकी प्रदेश अध्यक्ष किरणबाबु पन्त, संघका कोषाध्यक्ष बाबुराम घिमिरे, सचिव मेघराज त्रिपाठीलगायतले बोलेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution