पोखराको कालिका स्कुलमा छात्रवृत्ति अक्षयकोष

  • पोखरा न्यूज
  • २०८१ पौष १७
पोखराको कालिका स्कुलमा छात्रवृत्ति अक्षयकोष

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ मजुवास्थित कालिका आधारभूत विद्यालयमा एक लाख ११ हजार एक सय ११ रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना भएको छ ।

विद्यालयमा आयोजित एक समारोहका बीच पोखरा महानगरपालिका वडा नं १६ तल्लो दीप जोगिमणि मार्ग निवासी धनबहादुर थापाले अक्षयकोष रकम हस्तान्तरण गरेका हुन् ।

उक्त रकमको व्याजबाट वार्षिक रुपमा विद्यालयमा वर्ष उत्कृष्ट विद्यार्थीका साथै विद्यालयमा विशिष्ट योगदान गर्ने सामाजिक व्यक्तित्वाई पुरस्कृत तथा सम्मानित गरिने कार्यक्रममा जानकारी गराइयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमबहादुर गुुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष मोहनकुमार प्रधान, विद्यालयका प्रधानाध्यापक द्रोणराज सुवेदी, पूर्वप्रधानाध्यापक विष्णुबहादुर बस्नेतलगायत सहभागी थिए ।

अक्षयकोष सहयोगी दाताथापाले यसअघि पनि विभिन्न संघसंस्थामा सहयोग गर्दै आएका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस