पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले पोखरामा चिसो कायमै छ ।
गण्डकी प्रदेशको राजधानी पोखरामा आज बिहान करिब ६ः३० बजेको तापक्रम करिब ७ डिग्री सेल्सियस छ भने १९ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ ।
साथै तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ । साथै देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो र राति गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने सम्भावना छ । अन्यत्र मौसम सामान्यतया सफा रहनेछ ।
बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सुको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution