पृथ्वीराजमार्ग : मुग्लिन-नौबिसे-नागढुंगा सडक निर्माणकाे काममा ढिलासुस्ती नगर्न चेतावनी

  • पोखरा न्यूज
  • २०८१ पौष १८
पृथ्वीराजमार्ग : मुग्लिन-नौबिसे-नागढुंगा सडक निर्माणकाे काममा ढिलासुस्ती नगर्न चेतावनी

पोखरा । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन-नौबिसे-नागढुंगा सडक भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बुधबार अवलोकन गरेका छन् । मन्त्री दाहालले मुग्लिन-नौबिसे-नागढुंगाअन्तर्गत मलेखु-नौबिसे तथा मुग्लिन-मलेखु खण्डको निरीक्षण गरेका हुन् ।

सो क्रममा उनले सडक निर्माणको नतिजा देखाउन निर्माण कम्पनी तथा मन्त्रालयका नियमनकारी कार्यालयलाई निर्देशन दिएका हुन् ।

निर्माणका क्रममा समस्या देखिएमा मन्त्रालयले समन्वय र नेतृत्व गरी समाधान गर्ने भन्दै उनले अझै पनि निर्माण कार्यलाई सुस्त भए सह्य नहुने समेत चेतावनी समेत दिए ।

गर्दै उनले संघीय राजधानीलाई देशका विभिन्न भागसँग जोड्ने लाइफलाइनको रूपमा रहेको सडक निर्माणमा भएको ढिलासुस्तीले नागरिक मारमा परेको भन्दै परिणाम देखिने गरी काम गर्न निर्देशन दिए ।

निरीक्षणका क्रममा रहेका मन्त्रालयका सचिव केशवकुमार शर्माले मासिक लक्ष्य निर्धारण गरी नियमित रूपमा मन्त्रालयमा लक्ष्य र परिणाम पेस गर्न निर्माण कम्पनी एवं आयोजना प्रमुखलाई निर्देशन दिए ।

कुनै पनि बहाना र कारणले निर्माणमा ढिला सुस्ती नगर्न भन्दै उनले कामको परिणाम देखिने गरी निर्माणमा द्रुतता दिन आग्रह गरे ।

यस्तै सडक विभागका महानिर्देशक रामहरि पोखरेलले निर्माणमा देखिएका स्थानीय अवरोध र समस्या मन्त्रालयले समाधान गरी सकेकाले अब परिणाम देखाउने काम निर्माण कम्पनीको रहेको जनाए ।

मन्त्री दाहाल एवं मन्त्रालयका अधिकारीसँग निर्माण कम्पनीका प्रतिनिधिले यस अघि निर्माण सामग्री जुटाउन देखिएको समस्या मन्त्रीकै अग्रसरतामा भएको पहलपछि समाधान भएको बताएका थिए ।

उनीहरूले अब मासिक लक्ष्य निर्धारण गरी लक्ष्य प्राप्ति हुने ढंगबाट काम गर्ने प्रतिबद्धता जनाएका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस