सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गयो भूकम्प, काठमाडौँ पनि हल्लायो

  • पोखरा न्यूज
  • २०८१ पौष १८
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गयो भूकम्प, काठमाडौँ पनि हल्लायो

| प्रतीकात्मक तस्बिर

पाेखरा। नेपालमा आज पनि भूकम्प गएकाे छ ।

सिन्धुपाल्चोक जिल्लाको माझीटार केन्द्रविन्दु भएर दिउँसो १ बजेर २ मिनेटमा चार दशमलव आठ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पकाे धक्का स‌ंघीय राजधानी काठमाडाैँसहित नुवाकाेट, धादि‌ंग, रसुवा, भक्तपुर र लिलतपुरमा समेत महसुस भएको छ ।

केन्द्रका प्रवक्ता मोनिका झाका अनुसार विसं २०७२ को गोरखा केन्द्रविन्दु भएको भूकम्पकै पराकम्प स्वरुप आजको धक्का महसुस गरिएको हो ।

पछिल्लाे समयमा पश्चिम नेपालमा लगातार भूकम्प गइरहेकाेमा आज पूर्वी नेपालमा गएकाे हाे । पछिल्लाे एक महिनाकाे बीचमा कास्की र मनांगकाे सिमाना भएर दुइ पटक भूकम्प गएकाे थियाे ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस