चर्चित बालगायक सचिन परियारको अल्पायूमै निधन

  • पोखरा न्यूज
  • २०८१ पौष १८
चर्चित बालगायक सचिन परियारको अल्पायूमै निधन

पोखरा । चर्चित बालगायक सचिन परियारको १३ वर्षकै उमेरमै निधन भएको छ ।

उनको आज बिहान करिब ११ बजे निधन भएको बताइएको छ ।

परियार मस्तिष्कमा पानी जम्ने समस्या र निकै दुर्लभ मानिने डाइबिटिज इन्सिपिडसको समस्याबाट पीडित थिए ।

उनको आज त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

उनको करिब करिब ६ महिनादेखि टिचिङ अस्पतालमा उपचार हुँदै आएको थियो ।

परियारले केही चर्चित गीत गाउनुका साथै केही म्युजिक भिडियोमा समेत अभिनय गरेका थिए ।

ठट्यौली पारामा गीत गाउने गरेका कारण धेरैले उनलाई रुचाएका थिए ।

उनी हिमाल बोर्डिङ स्कुलमा अध्ययनरत थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस