चर्चित बालगायक सचिन परियारको अल्पायूमै निधन

पोखरा । चर्चित बालगायक सचिन परियारको १३ वर्षकै उमेरमै निधन भएको छ ।

उनको आज बिहान करिब ११ बजे निधन भएको बताइएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

परियार मस्तिष्कमा पानी जम्ने समस्या र निकै दुर्लभ मानिने डाइबिटिज इन्सिपिडसको समस्याबाट पीडित थिए ।

उनको आज त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

उनको करिब करिब ६ महिनादेखि टिचिङ अस्पतालमा उपचार हुँदै आएको थियो ।

परियारले केही चर्चित गीत गाउनुका साथै केही म्युजिक भिडियोमा समेत अभिनय गरेका थिए ।

ठट्यौली पारामा गीत गाउने गरेका कारण धेरैले उनलाई रुचाएका थिए ।

उनी हिमाल बोर्डिङ स्कुलमा अध्ययनरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button