लमजुङ । लमजुङस्थित मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घट्न थालेको छ ।
मर्स्याङ्दी नदीमा पानीको मात्रा घटेपछि ७० मेगावाट क्षमताको उक्त आयोजनाको विद्युत् उत्पादन ३० मेगावाट घट्न थालेको हो । आयोजना केन्द्रका प्रमुख पवन बस्नेतका अनुसार अझै पानी कम हुँदै जाने र क्रमशः उत्पादन घट्दै जानेछ ।
हाल आयोजनाबाट ४० मेगावाट विद्युत उत्पादन भइरहेको छ भने आगामी फागुनसम्म उत्पादन घटने उनले बताए । गतवर्ष पनि विद्युत् उत्पादन घटेर २५ मेगावाटमा झरेको उनकाे भनाइए छ ।
सो आयोजना सन् २००८ मा रु २७ अर्ब २० करोडमा निर्माण सम्पन्न भएको थियो । जिल्लामा निर्माण सम्पन्न भएका अन्य विद्युत् आयोजनाको पनि उत्पादन घट्न थालेको उनले बताए ।
दोर्दी गाउँपालिका-६ ढोडेनीस्थित ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाबाट पनि विद्युत् उत्पादन घट्न थालेको जनाइएको छ ।
भुलभुलेस्थित ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत्, ३० मेगावाटको ङादी जलविद्युत आयोजना, २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजना, दोर्दी गाउँपालिका-६ स्थित २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना, चार दशमलव चार मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु तथा दुई मेगावाटको छ्याङ्दी आयोजनाको पनि विद्युत उत्पादन घट्न थालेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution