पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्की जिल्ला नागरिक आरोग्य समिति र स्थानीय नागरिक आरोग्य समितिसहित सरोकारवाला बिच अन्तरक्रिया भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै जिसस प्रमुख तथा जिल्ला नागरिक आरोग्य समिति संयोजक लिलाधर पौडेलले स्वास्थ्य नागरिक नै समृद्धिको प्रमुख आधार भएको बताए ।
उनले नागरिक आरोग्य कार्यक्रमसहित आयुर्वेद स्वास्थ्यसम्बन्धी नीति तथा कार्यक्रम थप प्रभावकारी बनाउन छलफल गरिएको उल्लेख बताए ।
कास्की सबै पालिकामा नागरिक आरोग्य कार्यक्रममार्फत आयुर्वेदिक चिकित्सा पद्दतिलाइ प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।
शारीरिक, मानसिक, भावना र सामाजिक स्वस्थ्य जीवनका आधार परिस्कृत गराउन कार्यक्रम फलदायी भएको पौडेलले उल्लेख गरे ।
नागरिक आरोग्य कार्यक्रमसहित आयुर्वेद चिकित्सा पद्धतिको बारेमा गण्डकी आयुर्वेद अस्पतालका प्रमुख डा. शंकर गौतमले अवधारणापत्र पेश गरेका थिए ।
सोही अस्पतालका डा.रामकृष्ण भुजेलले स्वास्थ्य जीवनका लागि योगाको महत्वको बारेमा प्रकाश पारेका थिए ।
ज्येष्ठ नागरिक मञ्च पोखरा–१७ का टोपराज ढुंगानाले वडास्तरमा नागरिक आरोग्य समिति गठन भए पनि प्रभावकारी काम हुन नसकेको बताए ।
उनले वडावडामा प्रभावकारी कामका लागि थप समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल, जीवन विज्ञान प्रशिक्षक शिक्षा विकास केन्द्र गण्डकी प्रदेश संयोजक शंकर पोखरेल, सोही केन्द्रका प्रशिक्षक वासुदेव पौडेलदगायतले बोलेका थिए ।
कार्यक्रममा कास्कीका पालिकाका स्थानीय नागरिक आरोग्य समितिसहित सरोकारवाला सहभागी थिए ।
जिसस प्रमुख पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपप्रमुख सरिता माल र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution