पोखरा । पोखरा महानगरपालिका वडा नं २६ का वडाध्यक्ष नरेन्द्र थापा नरेनले तमु ल्होछारसहित जनजातिको विशेष पर्वको संरक्षण र प्रवद्र्धनका लागि तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
तमु अर्थात् गुरुङ समुदायको नयाँ वर्ष सप्री ल्होछारको अवसरमा पोखरा-२७ बुढीबजार सक्नेरीस्थित सक्नेरी बुद्ध आमा समूहद्वारा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमा वडाध्यक्ष थापाले यस्तो बताएका हुन् । थापाले मौलिक संस्कृति जोगाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि डा. हेमराज गुरुङ्गले तमुको आफ्नो भेषभूषा र भाषालाई संरक्षण गर्नुपर्नेमा जोड दिए ।
उनले विभिन्न भाषाभाषी संरक्षणमा जातिगत संस्था लाग्नुपर्ने भन्दै जनजातिको अधिकारलाई सविधानले पनि संरक्षण गरेको हुँदा आफ्नो अधिकारलाई राज्यबाट प्राप्त गर्नुपर्नेमा जोड दिए ।
समूहकी अध्यक्ष देवेन्द्रकुमारी गुरुङले आफ्नो भाषा, संस्कृतिसँगै ल्होछार जस्ता पर्वको मौलिकता जोगाउन आदिवासी जनजाति गम्भीर हुनुपर्ने बेला आएको बताइन् ।
गुरुङले गणतान्त्रिक नेपालमा ल्होछारमा सार्वजनिक बिदा दिनु सकारात्मक भए पनि मौलिक संस्कृति संरक्षण गर्न सरकारले बजेट विनियोजन गर्नुपर्नेमा जोड दिइन् ।
ङ्योए तमु धिं भण्डारढिकका अध्यक्ष मेघबहादुर गुरुङले आफ्नो संस्कृति जोगाउन सबै गुरुङ समुदाय एकजुट भएर लाग्नुपर्ने बताए ।
गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजीको भाषाका रुपमा अघि सारेको भन्दै उनले सरकारले आदिवासी जनजातीको हितमा काम गर्दा सस्कृतिको जगेर्ना हुने दावी गरे ।
कार्यक्रममा गुरुङ समुदायबाट विभिन्न क्षेत्रमा रहेर उल्लेख्य काम गर्ने, प्लस टू, स्नातक र स्नातकोत्तर गर्नेलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा गुरुङ पहिरनमा सजिएका गुरुङ युवायुवती, बालबालिकाले गुरुङ साँस्कृतिक नाँच–गान प्रस्तुत गरेका थिए ।
समाजकी अध्यक्ष लक्ष्मी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष धनदेवी गुरुङले स्वागत र कार्यक्रमको सञ्चालन सचिव ज्योति गुरुङले गरेकी थिइन् ।
कार्यक्रममा वडासदस्यहरु लक्ष्मीदेवी भट्टराई, तीर्थ राजभाट, सुदीपराज ढुंगानासमेत सहभागी थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution