छोरेपाटन स्कुलको ४६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ छोरेपाटनस्थित छोेरेपाटन माविको ४६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध सांस्कृतिक कार्यक्रमसहित मंगलबार सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पोखराका सरकारी विद्यालयमध्ये छोरेपाटनले उल्लेख्य प्रगति गर्दै गएको र अझै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक गोविन्दप्रसाद पोखरेल, शिक्षा विकास तथा समन्वय इकाई कास्की प्रमुख लोकनाथ आचार्य, पोखरा १७ की अध्यक्ष राधिका शाही योगी, सल्लाहकार तीर्थराज अधिकारी, पोखरा महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, संविधानसभा सदस्य वृन्दा राना, उपसचिव वसन्तराज पौडेल, अभिभावक मनकाजी कार्र्की, नेताहरु देवराज आचार्य, विक्रम गुरुङ, नुरबहादुर विक, शिक्षक-अभिभावक संघ अध्यक्ष इन्द्रबहादुर खत्री, विद्यार्थी श्रेया लामिछाने र शोहन कार्की बोलेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्माले वार्षिक प्रगति प्रतिवेदन र लेखा प्रतिवेदन लेखा अधिकृत छविलाल पनेरुले प्रस्तुत गरेका थिए ।

सो अवसरमा विद्यालयको मुखपत्र ज्योत्स्ना विमोचनको पनि विमोचन गरिएको थियो भने पञ्चेबाजा, भजन, लाखे नाच, नृत्य, नाटक सांस्कृतिक तथा मार्चपास, पिटी प्रदर्शन, डिजिटल बोर्डबाट विद्यालय गतिविधि प्रदर्शन कार्यक्रम प्रस्तुत गरिएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक खेमराज बराल धु्रवले स्वागत र सञ्चालन मेघनाथ पौडेलले गरेका थिए ।

कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष खड्गबहादुर शाही, सदस्य छवीलाल पौडेल, प्रथम प्रधानाध्यापक क्षेत्रबहादुर कुँवर, एसओएस विद्यालय तिब्बतीयन क्याम्प सार्क देशको म्याराथुनमा पाँचौं स्थान प्राप्त गर्ने नारायणी भण्डारी, हरि लम्साल स्मृति छात्रवृत्तिकी संस्थापक सुमित्रा लम्साल, सामाजिक परीक्षण समितिका पदाधिकारी इन्द्रबहादुर खत्री, देवीप्रसाद बस्याल, ऋतुनाथ लम्साल, जमुना अर्याल , रमेश पौडेल, शिक्षक रमा वाग्ले र विद्यार्थी शलिना कार्की, छात्रवृत्ति थप गर्ने संस्थापक डेविडफल युवा क्लब र बाल कल्याण कोष, छोरेपाटन माविका प्रावि शिक्षकलाई सम्मान गरिएको थियो ।

यसैगरी दिव्येश्वरी रेग्मी, गणेशप्रसाद तिमिल्सिना, रेखा थापा, युवराज सुवेदी, डिल्लीराम शर्मा, मनुराज आचार्य, शोभिता अधिकारी, कुमारी लक्ष्मी शर्मा, लिलाप्रसाद पराजुली, मनुराज आचार्य, पुकार भण्डारी, रोहित बराल, कुमारी लक्ष्मी शर्मा, मेघनाथ पौडेल, लक्ष्मण पौडेल, रामप्रसाद सुवेदी, लेखनाथ बराल, लक्ष्मी देवकोटा, विद्यामति भुसाल, राधिका आचार्य, रेखा केसी, माधव पहारी, महादेव पौडेल, नारायण थापा, डिल्लीराम बराल, युवराज सुवेदी र शान्ति पौडेललाई पुरस्कृत गरिएको थियो ।

यस्तै खगराज सांस्कृतिक उत्थान पुरस्कारबाट एलिशा गुरुङको समूह, रुपेनी राईको समूह, विशेषता राईको समूह र प्रिन्सस थापाको समूह पुरस्कृत भएका थिए

यता, विज्ञान प्रदर्शनी कक्षा ११/१२ तर्फ क्याथोड रेट्युब प्रथम, मेडिसिनल हब्र्स दोस्रो, रोल अफ रिन्युएबल इनर्जि तृतीय र व्याक्टेरियोफेज सान्त्वना भयो ।

विज्ञान प्रदर्शनीकै कक्षा ६-१० तर्फ मिलिटर भेइकल प्रथम, कजेज अफ पोलुसन दोस्रो, रोर्वट तृतीय र वाटर डिस्पेन्सरले सान्त्वना स्थान प्राप्त गरेको थियो ।

छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चले विद्यालयमा अध्ययनरत आर्थिक विपन्नता भएका १० जना विद्यार्थीलाई विद्यालय पोशाक तथा शिक्षक रोशनप्रसाद श्रेष्ठले एसइईमा गणित विषयमा ए प्लस ल्याउने विद्यार्थीलाई पुरस्कृत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button