पोखरा । बुद्ध एयरले पोखरास्थित पोखरा वृद्धाश्रमलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । साथै जनकपुरस्थित महागंगा आरती मंगासागरलाई पनि सहयोग गरेको बुद्ध एयरले जनाएको छ ।
उड्ने तरखरमा रहेका जहाजको इमर्जेन्सी ढोका खोल्ने दुई यात्रुले तिरेको क्षतिपूर्ति रकम यी दुई संस्थालाई सहयोग गरिएको हो ।
बुद्ध एयरको पोखरा स्टेशन प्रमुख गौतम बरालले पोखराको सितापाइलास्थित पोखरा वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकको सहयोगका लागि रकम हस्तान्तरण गरे ।
यस्तै बुद्धका जनकपुर स्टेशन प्रमुख विजयप्रसाद सिंहले जनकपुरस्थित महागंगा आरती गंगासागरलाई हस्तान्तरण गरे ।
बुधबार पोखराबाट काठमाडौं उड्ने तरखरमा रहेको बुद्ध एयरको एटीआर विमानमा एक यात्रुले बिनाकारण इमर्जेन्सी ढोका खोलेका थिए ।
उडानमा रहेको जहाजको इमर्जेन्सी ढोका कुनै कारणले खुला भए त्यस्तो विमानलाई प्राविधिकले परीक्षण नगरी उडान गर्न मिल्दैन । दिउँसो ३ बजेको उक्त उडान ३ घन्टा ढिलो काठमाडौंका लागि उडेको थियो ।
बिनाकारण इमर्जेन्सी ढोका खोल्ने ती यात्रुलाई बुद्ध एयरले पोखरा क्षेत्रीय विमानस्थलको रोहबरमा प्रहरीलाई बुझाएको थियो ।
हवाई उडानमा खलल पुर्याउने जोसुकैलाई ‘गैरसैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५ ले कसुरको प्रकृतिअनुसार एक देखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजाय तोकेको छ ।
अनाहकमा इमर्जेन्सी ढोका खोल्ने यात्रुले ‘क्षमायाचना गर्दै आगामी दिनमा यस्तो कार्य नगर्ने शर्तमा एक लाख रुपैयाँ क्षतिपूर्ति तिरेका थिए ।
यसैबीच काठमाडौंबाट जनकपुरका लागि उडेको तर खराब मौसमका कारण असोज १५ गते विराटनगर पुगेको जहाजको पार्किङवेमा एक यात्रुले इमर्जेन्सी ढोका खुला गरेका थिए । उक्त घटनामा पनि ती यात्रुले क्षतिपूर्तिबापत एक लाख रुपैयाँ तिरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution