मुगुमा आज बिहानै गयो भूकम्प

  • पोखरा न्यूज
  • २०८१ पौष १९
मुगुमा आज बिहानै गयो भूकम्प

| प्रतीकात्मक तस्बिर

पोखरा । मुगुमा भूकम्प भएको छ । आज बिहान ८ बजेर ३ मिनेट जाँदा भएको कम्पन ४दशमलव४ रिक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बिहीबार अपराह्न पनि सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४दशमलव८ रिक्टर स्केलको कम्पन भएको थियो ।

यही पुस १६ गते पनि बैतडी केन्द्रविन्दु भएर ४दशमलव६ रिक्टर स्केलको कम्पन भएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस