हिन्दू धर्ममाथि विभिन्न कोणबाट आक्रमण : वडाध्यक्ष मर्सानी

  • पोखरा न्यूज
  • २०८१ पौष १९
हिन्दू धर्ममाथि विभिन्न कोणबाट आक्रमण : वडाध्यक्ष मर्सानी

पोखरा । संस्कृत युवा मञ्च नेपालको सातौँ साधारणसभा तथा सेतीगण्डकी साप्ताहिक दिव्य महाआरती स्थलमा नवनिर्मित ट्रष्टको उद्घाटन सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले सनातन हिन्दू धर्ममाथि अहिले विभिन्न कोणबाट आक्रमण हुन थालेको बताए ।

उनले नदीनालालाई प्रदुषित बनाउने काम दिनानुदिन बढिरहेका बेला गण्डकी माताको संरक्षण एवं महिमा संबर्द्धन हेतु युवा मञ्चले सेतीगण्डकी साप्ताहिक दिव्य महाआरती गरेकोमा खुसी व्यक्त गरे ।

समाजमा राम्रो सन्देश दिएको र संस्कृत युवा मञ्चलाई यस्तै सामाजिक तथा धार्मिक कार्यमा लाग्न आग्रह गर्दै उनले यस्ता कार्यमा आफ्नो पूर्ण सहयोग र समर्थन रहिरहने प्रतिवद्धता जनाए ।

बालयोगेश्वर विजय कृष्णजी महाराजले धर्म, संस्कार, संस्कृति र संस्कृतको संरक्षणका निम्ति संस्कृत युवा मञ्च नेपालले उदाहरणीय काम गरेको बताए ।

उनले यस्ता राम्रा कार्यमा आफ्नो साथ, सहयोग र समर्थन रहने प्रतिवद्धता जनाए । उनले धार्मिक जागरणका निम्ति संस्थालाई देशैभरि क्रियाशील गराउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा संस्थाका सल्लाहकार तथा विन्दुवासिनी संस्कृत विद्यापीठका सह-प्राध्यापक डा. भोलानारायण रेग्मी, पोखरा महानगरपालिका वडा नं ९ का वडासदस्य लक्ष्मी पहारी, नन्दराम गिरी, संस्थाका संस्थापक अध्यक्ष रामप्रसाद सिग्देल, निवर्तमान अध्यक्ष रामकृष्ण अर्याल, शान्तिवन बाटिका टोल विकास संस्थाका अध्यक्ष शेषनारायण पौडेललगायतले बोलेका थिए ।

मञ्चका अध्यक्ष विश्वराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष महेन्द्र पौडेलले स्वागत तथा सचिव दिवाकर पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा अध्यक्ष, सचिव तथा कोषाध्यक्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी सर्वसहमतिमा पारित गरिएको संस्थाका कोषाध्यक्ष भवानी शंकर शर्माले जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस