स्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर

  • पोखरा न्यूज
  • २०८१ पौष १९
स्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर

पोखरा । भक्तपुरमा स्कुटर दुर्घटना हुँदा श्रीमानको ज्यान गएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन् ।

मृत्यु हुनेमा सानोथिमीका ३१ वर्षीय निश्चल प्रकाशराज भण्डारी छन् । गम्भीर घाइते भएकी उनकी श्रीमती २८ वर्षीया पूजा श्रेष्ठको नर्भिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार दम्पती सवार बागमती प्रदेश-०२-०२८ प ६६१० नम्बरको स्कुटर मध्यपुर थिमी-२ मा आफैँ अनियन्त्रित भएर दुर्घटना भएकोे थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका निश्चलको अस्पताल पुर्याउने वित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनाबारे प्रहरी प्रभाग सानोथिमीले अनुसन्धान गरिरहेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस